सेयर बजारमा दोहोरो अंकको सुधार, परिसूचकले २६ सय बिन्दु पार गर्यो


काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजार मापन गर्ने सूचक १२.५८ अंकले घटेर परिसूचक २६०१.२१ बिन्दु पुुगेको छ ।

बजारमा दोहोरो अंकको सुधार आउँदा परिसूचकले २६सय बिन्दुु पार गरेको छ । ३२५ कम्पनीको १ करोड २९ लाख ८२ हजार ६१९ कित्ता सेयर ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार ६२४ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो दिन बजारसँगै कारोबार रकम पनि बढेको छ । कारोबारमा १७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ कम्पनीको घटेको छ । कारोबारमा ट्रेडिङ र होटल बाहेक सबै समूहको उपसूचकमा हरियाली छाएको छ ।

कारोबारमा बोटलर्स नेपाल बालाजुको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सुपर मादी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।