हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, कर लगानीकर्ताले नै तिर्नुपर्ने



काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।

माघ ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

बोनस सेयरमा लाग्ने कर भने लगानीकर्ताले स्वयमले भुक्तानी गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको यो प्रस्ताव नेपाल बिमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु