सेयर बजारमा सामान्य गिरावट, पोखरा फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट
काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक ७.३३ अंकले घटेर परिसूचक २५८८.६२ बिन्दु कायम भएको छ ।
२९६ कम्पनीको १ करोड १७ लाख ४९ हजार ७०१ कित्ता सेयर ५ अर्ब ९३ करोड ३७ लाख ११ हजार ६७४ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा जलविद्युत, उत्पादन तथा प्रशोधन, ट्रेडिङ र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ ।
कारोबारमा ८९ कम्पनीको सेयर मूल्य बढेको छ भने १५१ कम्पनीको सेयर मूल्य घटेको छ । कारोबारमा बोटलर्स नेपाल बालाजु, वन नेपाल लघुवित्त, मन्दाकिनी हाइड्रोपावर, अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै पोखरा फाइनान्स कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा सिन्धु विकास बैंक अग्रस्थानमा रहेको छ । कम्पनीको २८ करोड ५७ लाख २९ हजार ४४१ रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनी र सानिमा मिडल तमोर कम्पनी रहेका छन् ।