रविले बुझाए ६० लाख धरौटी, अब यस्तो हुनेछ प्रक्रिया
काठमाडौं । पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले धरौटीबापतको रकम बुझाएका छन् ।
बुधबार स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलनमा लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । रविमाथि माग भएको ६० लाख रुपैयाँको धरौटीमा प्रभु बैंक ग्यारेन्टी बसेको हो।
थुनछेक बहसपछि न्यायाधीश माधव अधिकारीको इजलासले यस्तो आदेश दिएको हो । आदेशसँगै उनी बाहिरै बसेर मुद्दा लड्न पाउने छन् ।
यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा उनी ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।
लामिछानेमाथि रुपन्देही, चितवन, पर्सामा पनि सहकारीको बचत अपचलको आरोपमा मुद्दा छ । अब उनी ति जिल्लाका अदालतमा उपस्थित हुने छन् ।