नयाँ कम्पनीले पनि प्रिमियम मूल्यमा सेयर जारि गर्न सक्ने, तीन वर्षको लेखापरीक्षण गर्ने व्यवस्था हट्यो



काठमाडौं । सरकारले ल्याएको अध्यादेशमार्फत प्रिमियम मूल्यको सेयर जारि गर्दा तीन वर्षको लेखापरीक्षण गर्ने व्यवस्था हटाएको छ ।

पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेशमार्फत प्राईभेट कम्पनीले प्रिमियम मूल्यको सेयर जारि गर्दा तीन वर्षको लेखापरीक्षणको व्यवस्था हटाएको हो ।

यस्तै प्रिमियममा सेयर जारी गर्दा हाल कम्पनी रजिस्ट्रार कार्यालयको थप स्वीकृति लिनुपर्ने व्यवस्थालाई पनि हटाइ प्रक्रिया सरल गरिएको बताइएको छ ।

सरकारको यो व्यवस्थाले नयाँ स्थापना भएका कम्पनीले पनि प्रिमियम मूल्यमा सेयर जारी गर्न पाउने भएका छन् ।


क्लिकमान्डु