स्वेट सेयरबारे सरकारले गर्‍यो नयाँ व्यवस्था



काठमाडौं । सरकारले स्वेट सेयरबारे नयाँ व्यवथा गरेको छ । अध्यादेशमार्फत् सरकारले स्वेट सेयरलाई थप व्यवस्थित गरेको हो ।

राष्ट्रपतिले जारी गरेको अध्यादेशअनुसार स्टार्टअप उद्यमको हकमा चुक्ता पुँजीको ४० प्रतिशत र कम्पनीको हकमा २० प्रतिशत सेयर व्यक्तिलाई प्रदान गर्न सकिने व्यवस्था गरिएको छ ।

कम्पनी ऐनको दफा ३१ को उपदफा २ ले कम्पनीमा पैसा नबुझाए पनि सेयरधनी बन्न सक्ने परिकल्पना गरेको छ ।

‘सेयर बाँडफाँट हुँदा कुनै सेयरको मूल्य नगद बाहेक अन्य तवरबाट पूर्ण वा आंशिक रुपमा भुक्तानी गरिएको भएमा सेयर बाँडफाँटबाट सो सेयरमा हक प्राप्त गर्ने व्यक्तिलाई सेयर बिक्री वा सेवाको करार वा अन्य के कस्तो के प्रतिफल बापत सेयर बाँडफाँट भएको हो सो सम्बन्धी लिखत र बाँडफाँट गरिएको सेयर सङ्ख्या तथा त्यस्तो सेयरको अंकित मूल्य र कति हदसम्म सेयरको मूल्य चुक्ता भएको मानिने हो सोको विवरण समेत कम्पनीले कार्यालयमा पठाउनु पर्नेछ,’ ऐनको दफा ३१ को उपदफा २ मा भनिएको छ ।

अध्यादेशमार्फत् व्यवस्था संशोधन गरी स्टार्टअप उद्यमको हकमा चुक्ता पुँजीको ४० प्रतिशत र कम्पनीको हकमा २० प्रतिशत सेयर व्यक्तिलाई प्रदान गर्न सकिने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु