सिन्धुपाल्चोक । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारको आयु लामो नभएको दाबी गरेका छन् ।
मंगलबार सिन्धुपाल्चोकको सुकुटेमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले अलोकप्रिय काम गरिरहेकाले आयु लामो नभएको टिप्पणी गरेका हुन् ।
‘ओली नेतृत्वको सरकार अप्राकृतिक गठबन्धनबाट बनेको हो । सत्तारुढ दल कांग्रेसभित्र पनि असन्तुष्टि बढ्दै गएको छ,’उनले भने, ‘अलोकप्रिय काम गरिरहेकाले ढल्ने निश्चित नै छ । सरकारको आयु धेरै छ जस्तो मलाई लाग्य छैन ।’
प्रचण्डले ओली नेतृत्वको सरकारले आफ्नो आयु आफैँ छोट्याइरहेको टिप्पणी गरे । तर सरकार ढाल्ने र सत्तामा जाने खेलमा आफू भने नलागेको उनको दाबी छ ।
प्रतिक्रिया