दुई वर्षदेखि फाइभजीको अध्ययन गर्दै टेलिकम, नतिजा अझै देखिएन



काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले फाइभजीको अध्ययन गर्न अनुमति दुई वर्ष अगाडि नै पाएको छ । टेलिकमले दुई वर्षदेखि फाइभजीको अध्ययन गरिरहेको छ ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले आइतबार सम्पन्न गरेको १७ औं वार्षिकोत्सवमार्फत फाइभजीको अध्ययन जारी रहेको बताएको छ ।

टेलिकमले २ वर्षअगाडि नै अनुमति पाएर फाइभजीको परीक्षणसमेत गरेको भएपनि अझै यसको उपलब्धिमूलक नतिजा भने सार्वजनिक गरेको छैन् । टेलिकमले तत्काल फाइभजीमा लगानी गर्न नसकेका कारण यसको अध्ययन प्रतिवेदन पनि तयार हुन नसकेको पाइएको छ ।

टेलिकमले परम्परागत प्रविधिमा आधारित टेलिफोन सेवालाई आधुनिक एफटीटीएच प्रविधिबाट प्रतिस्थापन गर्ने कार्यमा प्राथमिकता केन्द्रित गरिएको र देशैभर यसका लागि आवश्यक कार्य भइरहेको बताएको छ । २ जी प्रविधिमा आधारित भ्वाइस सेवा प्रयोग गर्ने ग्राहकहरुको संख्यालाई मध्यनजर गरी यसको गुणस्तरमा वृद्धि र सुधार गर्नुका साथै फोरजी सेवालाई सम्पूर्ण ग्राहकहरुको माझमा पु¥याउने कार्यलाई निरन्तरता दिइएको पनि टेलिकमको भनाइ छ ।

टेलिकमले भनेको छ, ‘नेपाल दूरसञ्चार प्राधिकरणबाट फाइभजी प्रविधिको परीक्षण अनुमति प्राप्त भएअनुसार आवश्यक पूर्वाधारसहित परीक्षण सफल भएपश्चात् फाइभजी सेवाको व्यावसायिक सञ्चालनको लागि अध्ययन भइरहेको छ ।’


क्लिकमान्डु