अदालतमा आज छविको बयान सकिएन, रविको कहिले ?



पोखरा । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित पाँच जनाको बयान कास्की जिल्ला अदालतमा सुरु भएको छ । सोमबार न्यायाधीश नीतिज राईको इजलासमा बयान प्रक्रिया अघि बढाइएको हो ।

सोमबार पूर्वडीआइजी छविलाल जोशीको बयान सुरू भएको छ । पहिलो दिन इजलासमा १५ वटा प्रश्न सोधिएको भए पनि बयान सम्पन्न नभएकाले भोलि (मंगलबार) पनि निरन्तर हुनेछ । छविलालको बयान सकिएपछि अन्य आरोपितहरूको बयान हुने अदालत स्रोतको भनाइ छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक छविलाल जोशीलगायत पाँच जना आरोपी छन् । रवि लामिछानेसहित अन्य सबैको बयान पनि राईकै इजलासमा हुनेछ । प्रारम्भिक सुनुवाइपछि थुन्ने वा छाड्नेबारे निर्णय गरिनेछ ।


क्लिकमान्डु