एपीएलको फाइनल खेलमा सट्टेबाजी गर्ने दुई भारतीय पक्राउ



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सट्टेबाजी गर्ने दुई जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको टोखा नगरपालिका ३ मा सट्टेबाजी गराइरहेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत उत्तरप्रदेश जिल्ला आग्रा सिकान्द्रा पन्चायत घर भई हाल टोखा बस्दै आएका ४७ वर्षका हरिस जावा र ३८ का ऋषि मातन रहेका छन् ।

प्रहरीले उनीहरुबाट ५ थान मोबाइल, ८ थान सिम र एक थान ल्यापटप पनि नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।


क्लिकमान्डु