५ महिनामा ७ खर्ब ३५ अर्बको वैदेशिक व्यापार, व्यापार घाटा पौने ५ खर्ब, निर्यात दर सुधारिदैं
काठमाडौं । चालु आर्थिक बर्षको ५ महिनामा नेपालले ७ खर्ब ३५ अर्ब १४ करोड रुपैयाँबराबरको वैदेशिक व्यापार गरेको छ ।
भन्सार विभागले आइतबार सार्वजनिक गरेको पहिलो पाँच महिना (साउन–मंसिर) को तथ्याँकअनुसार यो मूल्यबराबरको वैदेशिक व्यापार भएको हो । ५ महिनाको अवधीमा नेपालले ५ खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख रुपैयाँबराबरको व्यापार घाटा व्यहोरेको छ ।
तथ्याँक अनुसार नेपालले गत् बर्षको यहि अवधीको समिक्षा अवधीको तुलनामा यो बर्ष ३ प्रतिशतका दरले ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख रुपैयाँबराबरको विभिन्न वस्तु आयात गरेको छ ।
अघिल्लो बर्षको यहि अवधीमा भने ६ खर्ब ४२ अर्ब २ करोड रुपैयाँबराबरको विभिन्न वस्तु आयात भएको थियो ।
तथ्याँकअनुसार गत बर्षको समिक्षा अवधीको तुलनामा यो बर्षको ५ महिनामा १६.५ प्रतिशतले निर्यातमा सुधार आएको छ । जसअनुसार यो बर्षको ५ महिनामा नेपालबाट विभिन्न मुलुकमा ७३ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको थियो । अघिल्लो बर्ष यहि अवधीमा भने ६३ करोड २० करोड रुपैयाँबराबरको विभिन्न वस्तु निर्यात भएको थियो ।