हङकङबाट काठमाडौं आएको जहाजभित्र बेहोस भएका यात्रुको मृत्यु



काठमाडौं । हङकङबाट काठमाडौं आएको नेपाल वायुसेवा निगमको जहाजभित्रै एक यात्रुको मृत्यु भएको छ ।

शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको आरए ४१० उडानमा सवार ताप्लेजुङका ५३ वर्षीय देउमान लिम्बू जहाजभित्रै अचेत भेटिएका थिए । विमानस्थलमा आफन्तहरूले उनलाई रिसिभ गर्न आउने क्रममा जहाजका कर्मचारीहरूले उनलाई जिम्मा लगाएका थिए ।

नजिकको काठमाडौं मेडिकल कलेजमा पुर्‍याइएपछि डाक्टरहरूले उनलाई मृत घोषणा गरेको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार मृतकको अचेत हुने समयबारे यकिन भइसकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


क्लिकमान्डु