मिलान्था बने एनपीएलमा सर्वाधिक रन बनाउने खेलाडी, जनकपुरकै ललितले लिए सबैभन्दा धेरै विकेट
काठमाडौं । जनकपुर बोल्ट्सका लाहिरु मिलान्था नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।
प्रतियोगितामा मिलान्थाले १० खेलम २ अर्धशतकसहित २९३ रन बनाएका हुन् । उनले प्रतियोगिताको फाइनल खेलमा सुदूरपश्चिमविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ८७ रनको अर्धशतकीय पारी खेले । ४९ बल खलेका उनले ९ चौका र ४ छक्का प्रहार गरे ।
त्यस्तै सर्वाधिक रन बनाउने खेलाडीको सूचीको दोस्रो स्थानमा चितवनका रवी बोपरा छन् । उनले २८६ रन बनाएका छन् । तेस्रो स्थानमा रोहित कुमार पौडेलको २७९ रन छन् ।
प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीमा नेपालका ललितनारायण राजबंशी र न्युजिल्यान्डका स्कट कुग्लिङ रहेका छन् । ललितले १० खेलमा १७ विकेट लिए भने स्कटले ९ खेलमा १७ विकेट लिए । इकोनोमीमा ललित अगाडी छन् ।
सर्वाधिक विकेट लिने खेलाडीको सूचीको तेस्रो स्थानमा चितवनका सोहित तनविर छन् । उनले १४ विकेट लिएका छन् ।