एनपीएल फाइनलः उपाधि जित्न जनकपुरलाई सुदूरपश्चिमले दियो १८५ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई उपाधि जित्न १८५ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि साइब जेबले ६९ रनको अर्धशतकीय पारी खेले । ४३ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरे ।
त्यस्तै विनोद भण्डारीले ४१ रन बनाए । उनले ३१ बल खेल्दै १ चौका र ३ छक्का प्रहार गरे । सुदूरका ब्रान्डम म्याकमुलन र हम्रित सिंहले १४–१४ रनको योगदान गरे ।
जनकपुरका लागि मोहम्द मोसिनले सर्वाधिक किशोर महतोले ३–३ विकेट लिए । त्यस्तै ललितनारायण राजबंशी र जिम्मी निसमले १–१ विकेट लिए ।
आजको खेलमा जित निकाल्दै दुवै टोली पहिलो सिजनको एनपीएलको विजेता बन्ने योजनामा छन् ।
प्रतियोगिताका अघिल्ला खेलहरु हेर्दा जनकपुरभन्दा सुदूरपश्चिम बलियो टोली हो । सुदूरपश्चिमले लिग चरण र क्वालिफायर १ मा जनकपुरलाई हराइ सकेको छ ।
क्यालिफायर एकमा जनकपुरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश गरको थियो । यता क्वालिफायर दुईमा कर्णाली याक्सलाई हराउँदै जनकपुरले फाइनलमा स्थान बनाएको थियो ।