पूर्वाधार पत्रकार समाजको अध्यक्षमा कार्की चयन, सचिवमा क्लिकमान्डुका खड्का



काठमाडौं । नेपाल पूर्वाधार पत्रकार समाजको अध्यक्षमा सुनिता कार्की कोइराला निर्विरोध निर्वाचित भएकी छन् । अन्नपूर्ण पोष्टकी संवाददाता कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

आज (शुक्रबार) सम्पन्न तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन भएको हो ।

अधिवेशनले उपाध्यक्षमा कान्तिपुर दैनिकका विमल खतिवडा, सचिवमा क्लिकमान्डुका संवाददाता दिनेश खड्का निर्वाचित भएका छन् ।

यस्तै सह-सचिवमा न्यूज एजेन्सी नेपालका प्रशन्न ढुंगाना, कोषाध्यक्षमा अभियान दैनिककी हिमा विश्वकर्मा चयन भएका छन् ।
यस्तै सदस्यहरुमा पूर्वाधार वाचका विष्णु रैगाई, प्राइम टेलिभिजनका आशुतोष अर्याल, क्यापिटल नेपालकी सर्मिला न्यौपाने, नेपाल पूर्वाधारकी धना ढकाल, इक्विटी नेपालका निर्दोष घोरसाइने र नयाँ पत्रिकार दैनिकका पवन तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् ।


क्लिकमान्डु