ग्लोबल आइएमई बैंकका सीईओको तलब भत्ता करिब सवा २ करोड, सञ्चालकले कति लिए ?
काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८०/०८१ मा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई २ करोड २१ लाख ६५ हजार ८४८ रुपैयाँ तलब भत्ता दिएको छ ।
बैंकले गत आवमा सीईओलाई तलब बापत ७५ लाख ९६ हजार, भत्ता बापत ५० लाख ४० हजार, सञ्चय कोष बापत ७ लाख ५९ हजार ६०० रुपैयाँ, बिदा बापत भुक्तानी १२ लाख ८ हजार ७८६ रुपैयाँ र दशैं भत्ता बापत १० लाख ५३ हजार रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।
यस्तै बोनस बापत ६५ लाख ८ हजार ४६१ रुपैयाँ, टेलिफोन र मोबाइल बापत ५८ हजार ९९८ रुपैयाँ भुक्तानी गरेको छ । सीईओले लिएको तलब, भत्ता बापत राज्यलाई ३९ प्रतिशत कर तिर्ने गरेका छन् ।
बैंकले गत आवमा सञ्चालक समितिलाई बैठक भत्ता बापत १९ लाख ४० हजार रुपैयाँ खर्च गरेको छ । बैंकले अध्यक्षलाई बैठक भत्ता बापत प्रति बैठक २५ हजार तथा सञ्चालक सदस्यहरुलाई प्रति बैठक भत्ता २२ हजार रुपैयाँ भुक्तानी गर्ने गरेको छ ।
बैंकले सञ्चालकहरुलाई पत्रपत्रिका तथा यातायात सुविधा वापत मासिक २५ हजार दिने गरेको छ ।