एनएमबि बैंकको सेवा अवरूद्ध हुने, एटीएम, मोबाइल बैंकिङ लगायत नचल्ने
एनएमबि बैंकको सेवा अवरूद्ध हुने भएको छ । बैंकले प्रयोग गरिरहेको डाटा सेन्टर अपडेट सम्बन्धी काम गर्नका लागि शुक्रबार रातिबाट शनिबार बिहानसम्म सेवा अवरुद्ध हुने बैंकले जनाएको छ ।
मंसिर २८ गते शुक्रबार राति १०:३० बजेदेखि शनिबार बिहान १०:३० बजेसम्म एनएमबि बैंकबाट जारी गरिएका कार्ड, एटिएम, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, आईपीएस तथा कल सेन्टरसेवा अवरूद्ध हुने हुने छन् ।