कुनै राष्ट्रिय टोलीको प्रशिक्षक बनुँला, सिटीबाहेक अरु क्लब जान्नँः ग्वार्डिवाला
एजेन्सी । म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिवालाले आफ्नो क्लब प्रशिक्षणको यात्रामा अन्तिम क्लब सिटी नै भएको बताएका छन् । बार्सिलोना र बार्यन म्युनिखका पूर्व प्रशिक्षक ग्वार्डिवालाले कुनै राष्ट्रिय टोलीमा प्रशिक्षकको रुपमा गएपनि क्लबको प्रशिक्षण यात्राको अन्तिम बिन्दु सिटी भएको बताएका हुन् ।
पछिल्लो समय सिटी प्रिमियर लिग र च्याम्पियन्स लिग फुटबलमा कमजोर साबित भइरहेको छ । प्रिमियर लिगमा सिटी अंक तालिकाको चौथो स्थानमा छ । यता च्याम्पियन्स लिगमा पनि सिटी कमजोर छ ।
‘म कुनै क्लबमा जाने योजना बनाएको छैन । मैले लामो समयको लागि भनेको होइन । अहिलेलाई सिटी छोडेर अन्य कुनै क्लबमा जाने योजना बनाएको छैन । यही काम अर्काे देशमा गएर गर्ने योजना छैन,’ ग्वार्डिवालाले भने ।
ग्वार्डिवालाले सिटीसँग २०२७ सम्मका लागि सम्झौता गरेका छन् । स्पेनका प्रशिक्षक ग्वार्डिवालाले सन् २०१६ देखि हालसम्म १४ शीर्ष उपाधिहरु जितेका छन् । उनले सिटीलाई लगातार चार सिजन प्रिमियर लिगको उपाधि जिताएका थिए ।
‘अर्काे क्लबमा गएर प्रशिक्षण गर्ने र उही पुरानो कुरा दोहोराउने शक्ति मेरोमा अहिले छैन । तर, राष्ट्रिय टोलीमा भने सोच्न सकिन्छ,’ ग्वार्डिवालाले भने ।
– बीबीसी