हेलिकप्टरबाट ओसार्नु पर्ने हिमाली क्षेत्रको मतपत्र भोलिमात्रै संकलन हुने

14
Shares

काठमाडौं । हेलिकप्टरबाट ओसार्नुपर्ने हिमाली क्षेत्रको मतपत्र भोलिमात्रै संकलन हुने भएको छ । हिमाली जिल्लाका मतपेटिका संकलन बिहीबार मतदान सकिएलगत्तै नसकिएको र साँझ परेका कारण हेलिको उडान सहज हुने भएकोले भोलिमात्रै मतपत्र संकलन हुने भएको छ ।

निर्वाचन आयोगका अनुसार संखुवासभा, रूकुम पश्चिम, सोलुखुम्बु, मनाङ र गोर्खाको उच्च हिमाली क्षेत्रको मतपेटिका संकलन भोलि बिहान मात्र हुनेछ।

हिमाली क्षेत्रका १५ जिल्ला ६१ मतदानस्थलका मतपेटिका संकलन हेलिकप्टरबाट गरिदैँछ। मतपेटिका संकलनको जिम्मा नेपाली सेनाले पाएको छ।

आयोगका अनुसार हिमाली क्षेत्रका ताप्लेजुङ, रसुवा र रुकुम पूर्वको मतपेटिका आजै संकलन गरिने भएको छ।