आय विवरण बुझाउने समय थपियो, एक करोडभन्दा बढीकाे काराेबारीले पुस मसान्तसम्म कर बुझाए हुने
काठमाडौं । आन्तरिक राजस्व विभागले वार्षिक एक कराेडभन्दा बढीकाे काराेबार गर्नेलाइ आय विवरण दाखिला गर्ने समय पुस समान्तसम्म दिएको छ । विभागले मंगलबार एक सूचना प्रकाशित गरेरै वार्षिक कारोबार एक करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने करदाताहरुले आर्थिक वर्ष २०८०/०८१ को आय विवरण पेश गर्ने म्याद पुस मसान्तसम्म पाएका छन ।
यस अघि २५ करोड रुपैयाँसम्म कर तिर्ने करदातलाई आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणालीबाट स्वचालित रुपमा पुस २० भित्रै तिर्नुपर्ने व्यवस्थालाई बढाइयदएको छ । यो व्यवस्था अनुसार अब एक करोड रुपैयाँभन्दा बढी कर तिर्ने करतादातले नै २०८१ पौष मसान्तसम्मको समयसीमा पाएका छन् ।
आयकर ऐन, २०५८ को दफा ९६९१० मा प्रत्येक व्यक्तिले आय वर्ष समाप्त भएको तीन महिनाभित्रमा दफा ९७, ९८ र १०० को अधिनमा रहेर सो वर्षको आय विवरण विभागले तोकेको स्थानमा दाखिला गर्नु पर्नेछ भन्ने व्यवस्था छ ।
सोही ऐनको दफा ९८ मा दफा ९६ बमोजिम आय विवरण दाखिला गर्नु पर्ने कुनै व्यक्तिले त्यस्तो विवरण दाखिला गर्ने म्यादभित्र विभाग समक्ष थप म्यादको लागि लिखित निवेदन दिएमा मनासिव माफिकको कारण भएमा विभागले एकै पटक वा पटक पटक गरी बढीमा तीन महिनासम्म म्याद थप गर्न सक्ने व्यवस्था छ ।
ऐनमा उल्लेखित व्यवस्था बमोजिम हाल विभागको कम्प्यूटर प्रणालीमा करदाताले बढीमा तीन महिनासम्मको म्याद थप माग गरेमा स्वचालित रुपमा म्याद थप हुने व्यवस्था रहेको छ ।
विभागको यस अघि मिति २०८१ असोज ४ को निर्णयानुसार वार्षिक २५ करोड रुपैयाँसम्म कारोबार गर्ने करदाताहरु र कारोबार भएका निकायहरुको सम्वन्धमा मंसिर मसान्तसम्म र वार्षिक २५ करोडभन्दा बढीको कारोबार गर्ने करदाताहरुको सम्बन्धमा पुस २० गतेसम्म आय विवरण पेश गर्न पाउने गरि म्याद थप गरको थियो ।
निजी क्षेत्रका विभिन्न व्यवसायिक र व्यापारिक छाता संगठनहरु तथा करदाताहरुबाट समेत आय विवरण पेश गर्ने म्याद २०८१ पौष मसान्तसम्म कायम गरिदिन भनी अनुरोध भइरहेकोले आन्तरिक विभाको मंसिर २३ को निर्णयानुसार वार्षिक कारोबार एक करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने करदाताहरुले आर्थिक वर्ष २०८०/०८१ को आय विवरण पेश गर्ने म्याद थप माग गरेमा आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणालीबाट स्वचालित रुपमा २०८१ पौष मसान्तसम्म म्याद थप भएको आन्तरिक राजस्व कार्यायले मंगलबार जारी गरेको एक सूचनामा उल्लेख छ ।