सरकारले रवि लामिछानेमाथि प्रतिशोधपूर्ण व्यवहार गर्‍यो: प्रचण्ड



काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि प्रतिशोपूर्ण व्यवहार गरेको आरोप लगाएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री दाहालले अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको भन्दै निन्दा गरेका छन् ।

‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु,’ प्रचण्डले भनेका छन् ।

लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् र उनलाई आज पर्सास्थित सानो पाइला सहकारीको बचत अपचलनमा अनुसन्धान गर्न वीरगञ्ज लगिएको छ ।

लामिछानेमाथि कास्की, रुपन्देही, काठमाडौं र चितवनका सहकारीको बचत अपचलनमा प्रहरीले छानबिन गरिरहेको छ।


क्लिकमान्डु