पुँजीबजारलाई आधुनिक बनाई नियमन, सुपरिवेक्षणलाई थप प्रभावकारी बनाउँछौः सेबोन अध्यक्ष श्रेष्ठ
काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले समग्र पुँजीबजारलाई स्वच्छ, पारदर्शी तथा समय सापेक्ष आधुनिक प्रविधिमैत्री बनाई नियमन, सुपरिवेक्षण कार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल मर्चेन्ट बैंकर्स संघले धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठसँग भेटघाटमा यस्तो प्रतिबद्धजना जनाएका हुन् ।
कार्यक्रममा नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रामेन्द्र रायमाझी लगायतले समग्र पुँजी बजार लाई स्वच्छ, पारदर्शी, भरपर्दो र विश्वासिलो बनाउन, लगानीकर्ताको हकहित संरक्षण गर्न माग गरेका छन् ।
यस्तै समग्र धितोपत्र बजारलाई समयसापेक्ष विकास र विस्तार गर्न आधुनिक प्रविधिमैत्री बनाई नियमन तथा सुपरिवेक्षण कार्यलाई थप प्रभावकारी बनाउन आग्रह गरेका छन् ।