ओलीले भने: कम्बोडिया र स्वीसमा मात्र होइन, अमेरिकी बैंकका आधा सम्पत्ति मेरो हो ल !
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८३ असारपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने बताएका छन् ।
शुक्रबार नेकपा एमालेले काठमाडौंमा आयोजना गरेको सभामा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालको निर्वाचन अघिसम्म कांग्रेस र एमालेको सरकार रहने दाबी गरे ।
देशका दुई ठूला पार्टी एमाले र कांग्रेस प्रतिपर्धी भए पनि अहिले देशका लागि एकता आवश्यक भएको बताए ।
‘हामीबीचको प्रतिपर्धा भन्दा एकता महत्वपूर्ण हो,’ उनले भने, ‘ देशलाई अफ्ट्यारोमा पार्न खोजिएको छ समाजलाई भाड्न खोजिएकाले कांग्रेस एमाले मिल्नु परेको हो।’
संविधानमा समानुकुल परिवर्तन गर्नुपरो भने आम जनताको राय सल्लाहमा अघि बढाउने उनले बताए ।
अहिलेको सरकार र समीकरणलाई कसैले हल्लाउन नसक्ने ओलीले बताए । अहिले सरकार कुनै कमिसन भ्रष्टाचार गर्न, कमाउन, आफ्ना पोस्न नगएको उनले बताए ।
उनले कम्बोडियामा आफ्नो लगानी भएको भन्दै हल्ला फिजाउने काम भएको भन्दै त्यसले आफूलाई केही असर नगर्ने बताए ।
‘कम्बोडिया ३२ हजार करोड, २१ हजार डलर, स्वीस बैंकमा यति हजार भनिदिए हुन्छ, तपाईंहरु हेर्न जान त सक्नु हुन्न, ‘ ओलीले भने, ‘अमेरिकाका बैंकका आधा सम्पत्ति मेरो हो ल ! भन्दिए हुन्छ, यस्ता फाल्तु कुरा गरेर अर्थ छैन ।’
देश र जनताका लागि पहरेदारको रुपमा एमाले रहने उनले बताए ।