बैंकबाट १० करोडमात्र कर्जा लिएका छौं, अरुण चौधरी साधारण सेयरधनी मात्र हुन्ः हिमालयन ब्रुअरी



काठमाडौं । हिमालयन ब्रुअरीले हाल कम्पनीको नाममा बैंकबाट १० करोड रुपैयाँ मात्र ऋण लिएको स्पष्ट पारेको छ । क्लिकमान्डुमा अरुण चौधरीको हिमालयन ब्रुअरीमा बैंकले गरेको १ अर्ब बढी लगानी जोखिममा शीर्षकको समाचारको खण्डन गर्दै हिमालयनले यस्तो बताएको हो ।

क्लिकमान्डुले रेटिङ एजेन्सी इन्फोमेरिक्सले गरेको रेटिङका आधारमा रही हिमालयनले १ अर्ब ८ करोड रुपैयाँ कर्जा लिएको र इन्फोमेरिक्सको टिप्पणीमा आधारित भइ सो ऋण जोखिममा रहेको समाचार प्रकाशन गरेको थियो ।

हिमालयन ब्रुअरीले अहिले यस्तो कर्जा १० करोड रुपैयाँमा रहेको दाबी गरेको छ । र १० करोड कर्जाका लागि क्रेडिट रेटिङ आवश्यक नपर्ने ब्रुअरीले जनाएको छ ।

यसैगरी हिमालयन ब्रुअरीमा सीजी होल्डिङ्सको प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा कुनै लगानी तथा सम्बन्ध नरहेको र अरुण कुमार चौधरी कम्पनीको साधारण सेयरधनीमा रहेको दाबी हिमालयनको दाबी छ ।

पछिल्लो समय ऋण कम भएपछि कम्पनीले रेटिङ गराउन छोडेको छ । तसर्थ इन्फोमेरिक्सले हिमालयनको रेटिङ घटाउँदै लगानीकर्ता तथा सरोकारवालालाई हिमालयन ब्रुअरीको विषयमा आवश्यक सावधानि अपनाउन सचेत पनि गराएको थियो ।


क्लिकमान्डु