धनगढी उडेको बुध्द एयरको जहाजमा प्राविधिक समस्या, त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण




काठमाडौं । धनगढी उडेको बुध्द एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै डाइभर्ट गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।

काठमाडौंबाट बुधबार साँझ ७ बजे धनगढी उडेको २५५ नम्बरको ९एन एएपी एटीआर जहाज डाइभर्ट गरेर विमास्थलमा आकस्मिक अवरतण गरिएको हाे ।

यो जहाजको दायाँ इन्जिनमा समस्या देखिएपछि आकस्मिक आवरतण मागिएको बुध्द एयरले जानकारी दिएको छ । यो जहाज अवतरण गराउँदा विमानस्थल बन्द गराएर आकस्मिक सुरक्षाका उपाय अवलम्बन गरिएको छ ।

विमानस्थलमा अरु जहाजको उडान अवतरण रोकेर दमकलसहतिका सुरक्षा उपाय तयारी अवस्थामा राखेर जहाज अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ । उक्त जहाजको सवा ७ बजे सफल अवतरण गरेको पनि विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

यो जहाज काठमाडौंबाट उडेको २० मिनेटमै काठमाडौं फर्किएको छ । जहाज अवतरण गरेपछि प्राविधिक जाँच गरेर आवश्यक मर्मत हुने पनि बुध्दएयरले जानकारी दिएको छ ।


क्लिकमान्डु