मुक्तिनाथ विकास बैंकको वार्षिक प्रतिवेदन उत्कृष्ट, साफाबाट सम्मानित
काठमाडौं । मुक्तिनाथ विकास बैंकले साफाबाट सर्टिफिकेट अफ मेरिट्स प्राप्त गरेको छ । श्रीलंकको कोलम्बोमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (साफ) बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डस् २०२३, अन्तर्गत वित्तीय सेवा क्षेत्रतर्फ बैंकलाई यस्तो सम्मान गरिएको छ ।
यो पुरस्कारबाट दोस्रो पटक सम्मानित भएको हो । यसअघि सन् २०२१ मा पनि बैंकले यस्तो अवार्ड प्राप्त गरेको थियो ।
साफाले विभिन्न विधामा अवार्ड दिएको थियो । दक्षिण एसियाली देशबाट प्रस्तुत गरिएका वार्षिक प्रतिवेदनलाई उक्त कार्यका लागि गठन गरिएको सोही संस्थाको समितिले मूल्याङ्कनको आधारमा छनोट गरेको हो । विधाहरुमा वित्तीय सेवा क्षेत्र मध्येबाट मुक्तिनाथ विकास बैंकले यो अवार्ड प्राप्त गरेको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले यस बैंकको वार्षिक प्रतिवेदन मूल्याङ्कनको लागि दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्समा पठाएको हो । उक्त अवार्ड बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेका थिए । वार्षिक प्रतिवेदन प्रस्तुत गरेवापत बैंकलाई दिईने उक्त सम्मानलाई अति प्रतिष्ठित सम्मान मानिने गरिएको छ । यसरी अन्तरराष्ट्रिय क्षेत्रमा समेत बैंक सम्मानित हुँदा बैंकमा कार्यरत कर्मचारीहरुलाई थप उर्जा मिल्ने बैंकले जनाएको छ ।