हत्कडी लगाएर मनाङेलाई लगियो अदालत (तस्बिरहरु)
काठमाडौं । काठमाडौंबाट मंगलबार पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट अदालत लगेको छ ।
काठमाडौं सानोभर्याङबाट सीआईबीको टोलीले मनाङेलाई बिहान पक्राउ गरेको थियो । पक्राउपरेका उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएपछि कारागार चलान गर्ने तयारी छ ।
चक्रे मिलन भनिने गुण्डा नाइकेको २० वर्षअघि तरबारले हात काटिदिएका मनाङेमाथि ज्यान मार्ने उद्योगमा मुद्दामा उनी दोषी ठहर भएका हुन् ।
यसअघि पाटन उच्च अदालतले उनीविरुद्ध ५ वर्ष जेल सजायसहित फैसला गरेकोमा मनाङेले सर्वोच्चमा पुनरावेदनका लागि निवेदन दिएका थिए । तर सर्वोच्च अदालतले पनि उच्चको फैसा सदर गिरिदिएको थियो ।
सर्वोच्चको फैसला सार्वजनिक भएपछि फरार रहेका मनाङेले केही दिनअघि विज्ञप्ति जारी गर्दै आदेशको पूर्णपाठ सार्वजनिक भएपछि आफू प्रहरीमा जाने बताएका थिए । तर त्यसअघि नै उनी पक्राउ परेका हुन् ।