बजारसँगै बढ्यो कारोबार रकम, ७ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट



काठमाडौं । सेयर बजार बढेको छ । बजारसँगै कारोबार रकम पनि बढ्दै गएको छ । बजार मापन गर्ने सूचक २२.१४ अंकले बढेर परिसूचक २७६०.२१ बिन्दु कायम भएको छ ।

३०२ कम्पनीको २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता सेयर ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार १२७ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा बैंकिङ, लगानी, जीवन बिमा, माइक्रोफाइनान्स, ट्रेडिङ र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ ।

कारोबारमा ७ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै इस्टर्न हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमको आधारमा साहस उर्जा पहिलो स्थानमा रहेको छ । ३८ करोड १७ लाख ८७ हजार रुपैयाँको कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा हिमालयन रिइन्स्योरेन्स र अरुण भ्याली हाईड्रोपावर कम्पनी रहेको छ ।


क्लिकमान्डु