अमेरिकी चुनावको सुरुवाती रुझान: ट्रम्पको अग्रता



एजेन्सी । संयुक्त राज्य अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन जारी छ । यो निर्वाचनबाट अमेरिकाका ४७औँ राष्ट्रपति छानिने छन् ।

वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पबीच नयाँ राष्ट्रपतिका लागि कडा प्रतिस्पर्धा हुने देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

न्यूयोर्क र इन्डिआनासहितका पूर्वी क्षेत्रहरूबाट सुरु भएरको मतदान अमेरिकाका केही राज्यमा जारी छ भने केही क्षेत्रको सुरुवाती रुझान आउन थालेको छ ।

ट्रम्पले ९५ इलेक्टोरल कलेजमा अग्रता बनाइरुहेका छन् भने कमला ह्यारिसले ३५ इलेक्टोरल कलेजमा अग्रता बनाएकी छन् । अमेरिकी चुनावमा कुल ५३८ इलेक्टोरल कलेज हुन्छ र जीतका लागि २७० मा जित्नु पर्ने छ ।

सुरुवाती प्रोजेक्सनमा रिपलब्लिकन पार्टीका उम्मेदवार पूर्वराष्ट्रपति ट्रम्प आफ्नो गृह राज्य फ्लोरिडामा विजयी भएका छन् ।
अहिलेसम्म ट्रम्पको जीतको प्रोजेक्सन
फ्लोरिडा
अल्बामा
मिसौरी
ओक्लाहोमा
टेनसी

कमला ह्यारिसको जीतको प्रोजेक्सन-
डिस्ट्रिक्ट अफ कोलम्बिया
मेरील्याण्ड
मैसाचुसेट्स


क्लिकमान्डु