अमेरिकी राष्ट्रपतिको तलब र पूर्वराष्ट्रपतिको पेन्सन कति ?
सामान्यतया एक जना औसत अमेरिकी नागरिकको भन्दा ६ गुणा धेरै राष्ट्रपतिको कमाइ हुन्छ । तैपनि विश्वकै शक्तिशाली देशको राष्ट्रपति १ प्रतिशत धनाढ्यहरुको सूचीमा परेका छैनन् । अर्थात् अमेरिकाको सर्वाधिक धनी व्यक्तिको भन्दा आधा तलब अमेरिकी राष्ट्रपतिले कमाउँछन् । र कहिले कहिले बढ्यो तलब ? मनोरन्जन, घर सजावट लगायतका शीर्षकमा राष्ट्रपतिले कति भत्ता पाउँछन् ?
एजेन्सी । अमेरिकामा आज राष्ट्रपति चुनाव हुँदै छ । चुनावमा डेमोक्रेटिक पार्टीको तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकनको तर्फबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच प्रमुख रुपमा प्रतिस्पर्धा हुँदै छ ।
अमेरिकाको राष्ट्रपति निर्वाचनमा समग्र विश्वको चासो हुने गरेको छ । विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको र समृद्ध देश अमेरिकाको राष्ट्रपति को बन्ला भन्ने चासो स्वभाविक पनि छ ।
त्यसो त अमेरिकी राष्ट्रपतिले देशको शासन सत्ता सम्हाल्ने मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा भूराजनीतिक मामिलामा पनि निर्णायक भूमिका खेल्न सक्छ । यसै सन्दर्भमा सर्वाधिक धनी र शक्तिशाली देशको राष्ट्रपतिको तलब कति हुन्छ भनेर मानिसहरुमा उत्सुकता हुनु पनि स्वभाविक मानिन्छ ।
यथार्थ के छ भने अमेरिकाका सर्वाधिक धनी व्यक्तिले वार्षिक रुपमा ७ लाख ८८ हजार डलर अर्थात १० करोड ६० लाख ९३ हजार ३५३ नेपाली रुपैयाँ कमाउँछन् । जवकि अमेरिकी राष्ट्रपतिको तलब यसको लगभग आधा हुन्छ ।
त्यसो त जननिर्वाचित राष्ट्रपति सरकारी सेवक नै हुन् । र उ जनताप्रति जवाफदेही बन्नुपर्छ । किनकि सरकारी खर्चबाटै उसको तलब भत्ता तय गरिएको हुन्छ ।
तर पनि अमेरिकी राष्ट्रपतिको तलब आम अमेरिकी नागरिकको भन्दा ६ गुणा धेरै हुन्छ । एक औसत अमेरिकी नागरिकले वार्षिक रुपमा ६३ हजार ७९५ डलर अर्थात् ८५ लाख ८९ हजार ११८ रुपैयाँ कमाउँछ ।
यसरी हेर्दा सम्पत्तिको रुपमा अमेरिकी राष्ट्रपति देशका प्रमुख १ प्रतिशत धनाढ्यहरुमा पनि पर्दैनन् । राष्ट्रपति जो बाइडेनले वार्षिक रुपमा ४ लाख डलर (५ करोड ३८ लाख ५४ हजार ४९४ रुपैयाँ) तलब खाँदै आएका छन् । यसवाहेक राष्ट्रपतिको खर्चको रुपमा अतिरिक्त ५० हजार डलर बाइडेनले पाउँछन् ।
वासिङटन डिसीमा रहेको राष्ट्रपति कार्यालय अर्थात् ह्वाइट हाउसमा राष्ट्रपतिको रुपमा रहँदा बाइडेनले आफ्नो निजी सम्पत्तिबाट कुनै खर्च भने गर्नु पर्दैन ।
कुनै व्यक्ति राष्ट्रपतिको रुपमा जब पहिलो पटक ह्वाइट हाउसमा प्रवेश गर्छ उसले १ लाख डलर अर्थात् करिब १ करोड ३४ लाख ६३ हजार ६२३ रुपैयाँ पाउने गर्छ । उक्त पैसा नयाँ राष्ट्रपतिले घरको सजावट लगायतका काममा खर्च गर्न पाउँछ । यसैगरी राष्ट्रपतिलाई मनोरन्जन, कर्मचारी र भान्सेका लागि मात्रै वार्षिक १९ हजार डलर उपलब्ध हुन्छ ।
अब आगामी २०२५ जनवरी २० मा अमेरिकाले नयाँ राष्ट्रपति पाउनेछ । जसले ह्वाइट हाउसबाट कम्तीमा ४ वर्ष शासन गर्नेछन् ।
र त्यस क्रममा राष्ट्रपतिले एक आम मानिसका रुपमा पर्याप्त सुविधा उपभोग गर्नुका साथै एउटा उन्नत जीवन यापन गर्न सक्छन् । यसवाहेक राष्ट्रपतिका लागि सबै स्वास्थ्य सेवा निशुल्क हुन्छ ।
यस्तै राष्ट्रपतिको यात्राका लागि एउटा सुविधा सम्पन्न कार, एक मरिन हेलिकप्टर र एयर फोर्स वान नामक हवाइजहाज पनि सुविधाको रुपमा उपलब्ध हुन्छ । तर कारको सन्दर्भमा राष्ट्रपतिको रुची अनुसार समय समयम परिवर्तन पनि हुनसक्छ । यसैगरी एयरफोर्स लगभग १ सय सदस्यहरु एकै पटक यात्रा गर्नसक्ने आकारको हुन्छ ।
२३ वर्षदेखि तलब बढेको छैन
रोचक त के छ भने २००१ देखि हालसम्म अमेरिकी राष्ट्रपतिको तलब वृद्धि भएको छैन । हरेक वर्ष हरेक सरकारी कर्मचारीको तलबभत्ता बढेको हुन्छ तर अमेरिकी राष्ट्रपतिको तलब २३ वर्षयता बढेको छैन ।
२००१ मा जब जर्ज डब्लु बुसले पदभार सम्हाल्ने क्रममा तलब बढाइएको थियो । त्यसयता राष्ट्रपतिको तलब बढाइएको छैन । जर्ज वासिङटन अमेरिकाको पहिलो राष्ट्रपति थिए ।
उनले वार्षिक रुपमा २ हजार डलर तलब पाउँथे । यसैगरी अमेरिकी राष्ट्रपति बनेर निवृत्त भइसकेपछि भने उसले जीवनभर वार्षिक रुपमा २ लाख ४० हजार डलर अर्थात् ३ करोड २३ लाख १२ हजार ६९६ नेपाली रुपैयाँ पेन्सनको रुपमा पाउँछ ।
अमेरिकी राष्ट्रपतिको तलबभत्ता
तलब: ४.४ लाख डलर
खर्च: ५० हजार डलर
मनोरन्जन: १९ हजार डलर
ह्वाइटहाउसमा प्रवेशको क्रममा: १ लाख डलर
ट्याक्स फ्रि खर्च: १ लाख डलर
कहिले कहिले भयो वृद्धि
सन् १७८९ मा २५ हजार डलर
१८७३मा ५० हजार
१९०९ मा ७५ हजार डलर
१९४९ मा १ लाख डलर
१९६९ मा २ लाख डलर
२००१ मा ४ लाख डलर
-बीबीसी हिन्दीबाट