लगातार किन बढिरहेको छ सुनको भाउ ?
काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन १ लाख ७० हजार ७०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । मंगलबार सुन १ लाख ६८ हजार ५०० रुपैयाँ कारोबार भएको थियो । बुधबार प्रतितोला २ हजार २ सय रुपैयाँले बढेको छ ।
चाँदी मंगलबार २ हजार १०५ रुपैया कारोबार भइरहेको थियो । बुधबार चाँदी समेत बढेर प्रतितोला २ हजार १२० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य १५ रुपैयाँ प्रतितोलाले बढेको हो ।
पछिल्लो समय दैनिक रुपमा सुनचाँदीको भाउले नयाँ रेकर्ड बनाइरहेको छ ।
पछिल्लो समय लगातार सुनको भाउ बढिरहेको हो । मध्यपूर्व तनाव, युक्रेन रुस युद्ध र अमेरिकी चुनावका कारण सुनको मूल्य बढिरहेको व्यवसायीहरुको भनाइ छ ।
सुनको मूल्य बढ्नुमा नेपाली बजारको प्रभाव नरहने उनीहरुको भनाइ छ ।