रवि पक्राउको बिरोधमा आन्दोलनमा उत्रिएका रास्वपाका १७ कार्यकर्ता बालुवाटारबाट पक्राउ



काठमाडौं । पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध प्रदर्शनमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टीले मंगलबार गरेको आन्दोलनका क्रममा प्रदर्शनकारी पक्राउ परेका छन् ।

राजनीतिक प्रतिशोध, अन्याय, व्यथिति र भ्रष्टाचार विरुद्ध भन्दै रास्वपाले आज बालुवाटारमा बिरोध प्रदर्शन गरेको थियो । बालुवाटार क्षेत्र निषेधित क्षेत्र हो ।

शान्तिपूर्ण आन्दोलन भइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौँ जिल्ला सभापति प्रदीप बिष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल र सवि खड्कासमेत गरी १७ जना गिरफ्तार गरेको रास्वपाले जनाएको छ ।

शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले धरपकड गरेको भन्दै रास्वपाले बिरोध गरेको छ ।


क्लिकमान्डु