कांग्रेस उपसभापति र लेखा समिति सभापतिलाई सहकारी प्रकरणमा प्रमाण हुँदा हुँदै छाडियो: माओवादी



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले विपक्षी दलका नेताहरु केन्द्रित कारबाही गरिरहेको बताएका छन् ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनका क्रममाउनले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको बेलामा कसैलाई पनि पक्ष/विपक्ष नभनि कारबाही गरिएको भए पनि अहिलेको सरकार विपक्षी दलका नेताहरुलाई मात्रै लक्षित गरेर कारबाहीमा उत्रिएको आरोप लगाए ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेका नेता ऋषिकेश पोखरेललाई प्रमाण हुँदाहुँदै पनि खुला रुपमा संरक्षण गरेको उनको आरोप छ ।

पत्रकार सम्मेलनका क्रममा माओवादी केन्द्रले कार्तिक १० गते सरकारलाई उत्तरदायी बनाउन खबरदारी सभा गर्ने निर्णय गरेको छ ।


क्लिकमान्डु