सेयर बजारमा गिरावट कायमै, जलविद्युत कम्पनीमा लगानीकर्ताको आकर्षण



काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी छ । कारोबार सुरुदेखिको पहिरो अन्तिम समयसम्म पनि कायमै रह्यो । यो दिन बजार १८.२५ अंकले घटेर परिसूचक २६२७.१४ बिन्दु कायम भएको छ ।

कारोबारको अन्तिम १ मिनेटमा बजार ५ अंकले बढेको थियो । तै पनि समग्र बजार भने बढ्न सकेन । कारोबारमा जलविद्युत समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ ।

बिहीबार जलविद्युत समूहको उपसूचक ११.६५ अंकले बढेको छ । कारोबारमा ६७ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० कम्पनीको सेयर मूल्य घटेको छ ।

कारोबारमा नेपाल एसबिआई बैंक, पिपुल्स हाईड्रोपावर लगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने रावा इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्यका नकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु