कांग्रेस एमालेले सहकारी पीडितको मुद्दा उठाइदिन्छन् भन्ने भ्रममा परे धोका हुन्छ: मनिष झा



पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले कांग्रेस एमालेले सहकारी पीडितका मुद्दा उठाइदिन्छन् भन्ने लाग्नु धोका हुने बताएका छन् ।

बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा झाले कांग्रेस एमाले कुन बेला कता उभिन्छन् भन्ने ठेगान नभएकले पीडितको समस्या समाधान हुन नसक्ने बताएका हुन् ।

‘नेपाली कांग्रेस र एमाले कुन बेला कतातिर उभिनुहुन्छ थाहा नै हुँदैन । अहिले एमाले-कांग्रेस प्रेमीप्रेमिका जसरी हिँडिराछन् कुन दिन पेटी यता उता हिँड्छन् टुंगो छैन उनीहरूको भर छैन,’ सहकारी पीडितका नेतृत्वकर्तासँग आग्रह गर्दै झाले भने, ‘उनीहरूले मुद्दा उठाइदिन्छन् भन्ने लाग्छ भने धोखा पाउनुहुन्छ । यो दलले नै समस्या समाधान गरिदेला भने विश्वास गरेर आफ्नो छाताभित्र उभिइदिनुहुन्छ भने त्यसको मूल्य तपाईंहरूले व्यहोर्नुपर्ने छ ।’


क्लिकमान्डु