सरकारी वकिललाई इजलासमा प्रश्न: रवि लामिछाने रातारात दोषी देखिने आधार के, थुनामा नराखे भाग्छन्?



पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको म्याद थपका लागि जिल्ला अदालत पोखरामा भएको थुकछेक बहस सकिएको छ । थुनछेक बहस सकिएसँगै केही समयमा आदेश आउनेछ ।

रवि लामिछानेको पक्षबाट बहस गरेका कानुन व्यवसायी यज्ञमणि न्यौपानेले अहिले थुनामा राख्नु पर्ने आधार के भन्ने प्रश्न भयो? जानकारी दिए ।

सरकारी वकिललाई इजलासका तर्फबाट प्रश्न सोधियो उनको भनाइ छ ।

‘योभन्दा अघि अभियोगपत्र दर्ता हुँदा अनुसन्धान गर्दा लामिछाने निर्दोश देखिने अनि आज रातारात दोषी देखिने आधार के छ? भन्ने प्रश्न इजलासबाट आयो,’ उनले भने ।

इजलासले रवि लामिछानेलाई थुनामा नराखि अनुसन्धान गर्दा भाग्ने वा प्रमाण लोप हुने अवस्था छ ? भन्दै सरकारी वकिललाई प्रश्न गरेको थियो ।

‘उहाँलाई थुनामा नराख्दा भागिजाने, फरार हुने, प्रमाण लोप हुने के अवस्था छ भन्ने प्रश्न रह्यो,’ उनले भने, ‘उताबाट राज्यपक्षले जवाफ दिन सकेन ।’

छविलाई पनि थुनामा राखेको उहाँलाई पनि राख्ने हो भन्ने तर्क सरकारी वकिलको भएको उनले बताए ।


क्लिकमान्डु