रवि लामिछाने अदालतमा उपस्थित, रविको पक्षमा ७ वकिल भिड्दै



काठमाडौं । सहकारी ठगी प्रकरणमा गत शुक्रबार पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री एंव राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

उनलाई केही समय अघि अदालतमा उपस्थित गराइएको हो । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा शुक्रबार पक्राउ परेका लामिछानेलाई सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धान हुने भएको छ ।

पोरखामा सहिद चोकमा रविका समर्थकहरुले निषेधाज्ञा तोडेर विरोध प्रदर्शन गरिरहेका छन् ।
लामिछानेको पक्षमा विभिन्न ७ जना वकिलले बहस गर्ने भएका छन् ।

वरिष्ठ अधिवक्ता सुशील पन्त, नारायण घिमिरे तथा अधिवक्ताहरु डा.नारायणदत्त कँडेल, हेमराज पोखरेल उपाध्याय, यज्ञमणि न्यौपाने र लेखनाथ सापकोटाले बहस गर्ने भएका छन् ।


क्लिकमान्डु