रु रु जलविद्युत कम्पनीको १५.७८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि असोज ३० गते बुक क्लोज गरेको छ ।

आजसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन तथा साधारण सभामा सहभागी हुन सक्नेछन् ।

कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई १५.७८ प्रतिशत लाभांश दिने भएको छ । रु रु ले १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । कम्पनीले बोनस सेयर जारी गरे पश्चात कायम हुने पुँजीमा ८० प्रतिशत हकप्रद सेयर पनि जारी गर्ने घोषणा गरेको छ ।

उक्त प्रस्ताव पारित गर्न रु रु ले कात्तिक ११ गते साधारण सभा बोलाएको छ । सभा लिसारा ब्यांकेट, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।


क्लिकमान्डु