लमजुङको मकैडाँडामा जिप दुर्घटना, २२ जना घाइतेमध्ये पाँचकाे अवस्था गम्भीर



काठमाडौं । लमजुङको मकैडाँडामा जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन । लमजुङको सारिङबाट सदरमुकाम बेंशीशहर जाँदै गरेको जिप मकैडाँडा मोडमा दुर्घटना भएको छ । उक्त दुर्घटनामा परि २२ जना घाइते भएका छन् । घाइतेहरुमध्ये पाँच जनाको अवस्था गम्भिर छ ।

ग १ ज ८५५१ नम्बरको जिप आज बिहान ११ः२० बजे दुर्घटना भएको थियो । टाउकोमा चोट लागेका पाँच जना घाइतेहरुलाई चितवनको भरतपुर पठाइएको र बाँकीको जिल्ला सदरमुकाममै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङकाका अनुसार दुर्घटनाबारे अनुसन्धान भइरहेको छ ।


क्लिकमान्डु