सेयर बजारमा उछाल कायमै, अन्तिम १ मिनेटमा ३ अंकको सुधार



काठमाडौं । सेयर बजारले हरियाली कायमै राखेको छ । बजार मापन गर्ने सूचक ३७.१३ अंकले बढेर परिसूचक २६९०.७२ बिन्दु कायम भएको छ ।

अन्तिम १ मिनेटमा बजार ३ अंकले बढेको छ । कारोबारमा वित्त र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको उपसूचकमा हरियाली छाएको छ ।

३०५ कम्पनीको १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता सेयर ७ अर्ब ९ करोड ५९ लाख ५३ हजार २७ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा १७७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६६ कम्पनीको घटेको छ ।


क्लिकमान्डु