टायर पूरै पानीमा डुबेको बेला ईभी गाडी स्टार्ट नगरी कम्पनीलाई खबर गर्नू: राजनबाबु श्रेष्ठ (अन्तर्वार्ता)



काठमाडौं । सरकारले कर नीतिमार्फत् सहुलियत दिएका कारण नेपाली अटो बजार विद्युतीय सवारीसाधन (ईभी)मय बनेको हो । नयाँ गाडी किन्नेहरुको अधिकांशको रोजाइमा ईभी पर्न थालेको छ ।

नेपाली बजारमा ईभीको बाढी छ। धेरै ईभी आयातकर्ताहरुले चार्जिङ पूर्वाधारदेखि मर्मतसेन्टरसम्मको इको सिस्टममा नै बनाएका छैनन् । इकोसिस्टम नै नबनाई आयात गरेर गाडी बेचेका कारण उपभोक्ताहरुले विभिन्न समस्या खेप्नुपर्ने अवस्था छ । सोही कारण चार्जिङ पूर्वाधारको अभाव हुन थालेको छ ।

गत वर्षको दशैंमा चार्जिङ स्टेसनमा पालो नपाएका कारण उपत्यका बाहिर गएकाहरु वैकल्पिक साधन प्रयोग गरे फर्किन बाध्य भएका थिए । घण्टौंसम्म चार्जिङ स्टेसन वरिपरि लाइन लागेको भिडियो र फोटा सार्वजनिक भएका थिए ।

नेपाल विद्युत प्राधिकरणले ६२ वटा फास्ट चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । निजी क्षेत्रसहित ५०० भन्दा बढी चार्जिङ स्टेसन बनाएका छन् । साना ठूला गरी नेपालमा ३० हजार चार्जरहरु छन् ।

टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले भने इकोसिस्टम बनाएर मात्रै नेपालमा गाडी बिक्री थालेको हो । नेपालमा ब्याट्रीको मर्मत केन्द्र सिप्रदीसँग मात्रै छ ।

प्रस्तुत छ, यस्तै विषयमा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठसँग क्लिकमान्डुका दिनेश खड्काले गरेको कुराकानी:


दिनेश खड्का