हवाई भाडा महँगो नलिने वायुसेवा सञ्चालक संघको निर्णय



काठमाडौं । हवाई सेवा सञ्चालकहरुको आइतबार बसेको बैठकले अविरल वर्षापछिको बाढी पहिरो लगायतका कारण पुगेको क्षति र नागरिकले पाएको पीडाका बीच हवाई सेवाको भाडा महँगो नलिने निर्णय गरेका हुन् ।

हवाई सेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले राहतस्वरुप वायुसेवा कम्पनीले ३ दिन महँगो भाडा नलिने निर्णय गरेको जानकारि दिए ।

‘सरकारले तोकेको न्यूनतम र मध्यम भाडामात्र लिने निर्णय भएको छ, माथिल्लो सीमाको भाडाले गर्दा हवाई सेवा महँगो भएको हो’ कार्कीले भने ।

सरकारले हवाई इन्धनमा बढी नाफा नलिए आफूहरु अझै सस्तोमा जहाजहरुको टिकेट दिन तयार रहेको उनको भनाइ छ ।

बाढी पहिरोपछि सडक सञ्जाल क्षतविक्षेत भएपछि हवाई मार्गमा यात्रुको अत्यधिक चाप बढेको छ । नजिकिँदो दशैं र स्थलमार्ग अवरुद्ध हुँदा हवाई सेवा सञ्चालकले भाडा बढाएको भन्दै बिरोध भइरहेको थियो ।


क्लिकमान्डु