बाढीका कारण माण्डु हाइड्रोपावरको विद्युत उत्पादन बन्द
काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीले माण्डु हाईड्रोपावर कम्पनीको विद्युत उत्पादन बन्द भएको छ ।
गत शुक्रबारदेखि परेको अविरल वर्षाको कारण बागमती खोलामा आएको भिषण बाढी तथा पहिरोले माण्डु हाइड्रोपावरको पावर हाउस तथा हेड वक्र्समा रहेको भौतिक संरचनामा क्षति भएको छ ।
बाढीले पुर्याएको क्षतिको विवरण भने आउन बाँकी रहेको कम्पनीले जनाएको छ ।