पोखरा र भैरहवा एयरपोर्ट पूर्णरुपमा सञ्चालनमा आए पर्यटक आवागमन बढ्छ: शाह



काठमाडौं । नेपाल होटल संघ (हान) का अध्यक्ष विनायक शाहले नेपालका लागि दिगो रुपमा विदेशी मुद्रा आर्जनको मुख्य स्रोत पर्यटन क्षेत्र रहेको बताएका छन् ।

पर्यटन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राज्यले घोषणा गरेको पर्यटन दशकलाई सार्थक बनाउन होटल संघ लगायत सम्बन्धित संघ संस्थाहरु टुगेदर फर टुरिजमको नाराका साथ अघि बढिरहेको बताए ।

सरकारसँग काँधमा काँध मिलाएर अघि बढ्न आफूहरु तयार रहेको शाहले बताए । सबै मिले देश बनाउन सकिने भन्दै शाहले एकजुट भएर काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।

नयाँ विमानस्थलहरु भैरहवा र पोखरालाई पूर्ण रुपमा सञ्चालनमा ल्याउनसके मुलुकमा पर्यटन आगमन आजको अवस्था भन्दा दोब्बर हुने शाहको विश्वास छ

अध्यक्ष शाहले तर्जुमाको क्रममा रहेको पर्यटन नीति, पर्यटन ऐन समग्र पर्यटन विकास, विस्तार र सुदृढिकरण जोड दिनेगरी बन्नेमा आशावादी रहेको बताए ।


क्लिकमान्डु