काम गर्न नसके एक निमेष पनि पदमा बस्दिन, नगर्ने कमर्चारीलाई पनि छुट छैन: पर्यटनमन्त्री



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले काम गर्न नसक्ने कर्मचारीहरुलाई पदमा बसिरहने छुट नरहेको बताएका छन् ।

पर्यटन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उउनले आफूले पनि काम गर्न नसके एक निमेट पनि मन्त्री भएर नबस्ने दाबी गरे । कोही पनि निकायको प्रमुखहरुले काम गर्न नसके निकायमा बस्ने अधिकार नभएको उनले बताए ।

‘हामी जोजो जुन जुन ठाउँमा छौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको हैसियतले मैले काम गर्न सक्दिन भने मलाई यो मन्त्री पदमा बस्ने छुट छैन,’ उनले भने, ‘कोही पनि निकायको प्रमुख यदि काम गर्न सक्दैन भने त्यसले त्यो निकायमा बस्ने छुट राख्दैन । त्यसका लागि कानून हेरिरहनु पर्दैन, त्यसका लागि कुनै व्यवस्था हेर्नु पर्दैन, जनता छ, जनता सार्वभौम सत्ता सम्पन्न छ । सार्वभौम सत्ता जनताले भन्यो भने म मन्त्रीको पदबाट एक निमेष पनि नरहेर निस्किने त्यो नैतिक तागत मैले देखाउनु पर्छ । त्यो दिशामा म सबै निकायका प्रमुखहरुलाई र त्यसमा रहनुभएका साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु ।’

विविधतापूर्ण संस्कृति र प्रकृतिलाई व्यापक बनाउने दिशामा सरकार अघि बढिरहेको उनको भनाइ छ । जिडिपीमा पर्यटन क्षेत्रको योगदानलाई बढाउन चाहेको उनले बताए ।

मन्त्री पाण्डेले निजी क्षेत्र अघिनलागेसम्म मन्त्रालयले कुनै काम गर्न नसक्ने जिकिर गरे ।

निजी क्षेत्र अघिअघि र मन्त्रालय पछिपछि रहने उनको भनाइ छ ।

मन्त्री पाण्डेले हिउँदे अधिवेशन हाम्रो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको इतिहासमा कानून बनाउने अधिवेशन हुने र हवाई नीति, पर्यटन, संस्कृति नीति बदलिने बताए ।


क्लिकमान्डु