सेबोनको अध्यक्ष चयनका लागि तीन जनालाई पुनः अन्तर्वार्तामा बोलाइयो



काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आवेदन दिएका तीन जनालाई असोज १८ गते व्यावसायीक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि पुनः बोलाइएको छ ।

बोर्डमा अध्यक्ष नियुक्ती गर्ने प्रयोजनका लागि नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले सूचना जारी गर्दै तीन जनालाई असोज १८ गते बिहान ८ बजे अर्थ मन्त्रालयमा बोलाएको हो ।

जसमा नेपाल स्टक एक्सचेञ्ज नेप्सेका सीईओ कृष्ण बहादुर कार्की, तत्कालिन बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाई र धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा नवराज अधिकारी रहेका छन् ।

बोर्ड अध्यक्ष नियुक्त गर्न छनोट समितिले ५ जनाको नाम तयार पारेको थियो । सन्तोष नारायण श्रेष्ठ र धितोपत्र बोर्डका अर्का कार्यकारी निर्देशक मुक्ती श्रेष्ठले अन्तवार्ता दिइसकेका छन् ।


क्लिकमान्डु