दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चले मानेन



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

गैरकानुनी रुपमा सरकारले थुनामा राखेको भन्दै उनका छोरा निराजन प्रसाईंले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

तर, मंगलबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । सर्वोच्चले प्रसाईंलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

प्रसाईंविरुद्ध विद्युतीय अपराध ऐनअनुसार उजुरी परेपछि प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिँदै आइतबार उनलाई भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिएको थियो ।

रास्वपाकी नेतृविरुद्ध चरित्र हत्या गर्ने गरि अश्लिल टिप्पणी गरेपछि प्रसाईंविरुद्ध उजुरी परेको थियो । विभिन्न युट्युब च्यानलमा विवादित अन्तर्वार्ता दिँदै आएका प्रसाईं विद्युतीय अपराधविरुद्धको गतिविधिलाई गैरन्यायिक थुना भन्दै सर्वोच्च पुगेका थिए ।


क्लिकमान्डु