सामाजिक सञ्जालका विश्लेषकको पछि नलाग्न लगानीकर्तालाई नेप्सेको आग्रह



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर बजारका लगानीकर्ताहरुलाई सामाजिक सञ्जालका विश्लेषकको पछि नलाग्न आग्रह गरेको छ ।

नेप्सेले सूचना जारी गर्दै फेसबुक, ट्विटर, क्लब हाउस लगायतका सामाजिक सञ्जालबाट लगानीकर्ताहरुलाई प्रभावित पार्ने गरिएको भन्दै यस्ता सामाजिक सञ्जाल वा आम सञ्चारका माध्यममा त्यस्ता विश्लेषक वा विज्ञका नाममा आउने विश्लेषणलाई आधार बनाई लगानी गर्दा जोखिम हुन सक्ने जनाएको छ ।

यथार्थ बुझेर मात्रै लगानी सम्बन्धी निर्णय गर्न नेप्सेले सबैलाई अनुरोध गरेको छ ।

नेपालमा हालसम्म कुनै पनि निकायबाट कसैलाई पनि बजार विश्लेषकको रुपमा दर्ता गर्ने वा मान्यता प्रदान गर्ने नगरेको स्पष्ट पारेको छ ।


क्लिकमान्डु