सिप्रदीले उपत्यका बाहिर ‘टाटा केयर क्याम्प’ आयोजना गर्ने, छुट पाइने



काठमाडौं । टाटा मोटर्सको नेपालस्थित एक मात्र अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले काठमाडौँ उपत्यका बाहिर ‘टाटा केएर क्याम्प’ आयोजना गर्ने भएको छ ।

यसले टाटा पेसेन्जर श्रेणीका (पीभी) आइसीई (पेट्रोल र डिजेलमा आधारित) र ईभी (बिजुलीमा आधारित) गाडीहरुलाई लक्षित गरेको कम्पनीले जनाएको छ ।

यो क्याम्प असोज ९ देखि ११ गतेसम्म सिप्रदीका धनगढी, सर्लाही, हेटौडा, ढल्केबार र मेचीमा अवस्थित पीभीका सेवा सम्बन्धि सञ्जालहरुमा सञ्चालन हुनेछ ।

कम्पनीका अनुसार टाटा केयर क्याम्पमा सहभागी हुने ग्राहकहरुले विभिन्न विशेष सुविधा तथा छुट प्राप्त गर्न पनि सक्नेछन् । उनीहरुले ब्याट्री, सस्पेन्सन, ब्रेक लगायत कम्प्युटर परीक्षण जस्ता सुविधा निशुल्क पाउने कम्पनीले जनाएको छ ।

यसैगरी, ग्राहकहरुलाई पार्टपूर्जा र लुब्रीकेन्ट प्रत्येकमा २० प्रतिशत एवं लेबर चार्जमा ५० प्रतिशतको छुट दिइने छ भने टप वाशिंग सित्तैमा गरिने कम्पनीले जनाएको छ ।

ग्राहकलाई उत्कृष्ट ढंगले सेवा गर्ने आफ्नो प्रतिवद्धता अनुरुप यो क्याम्प आयोजना गर्न लगिएको सिप्रदी जानकारी दिएको छ ।


क्लिकमान्डु