रास्वपा कार्यालयमा समर्थकको घुँइचो, रवि नेताहरुसँग छलफलमा (तस्बिरहरु)



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएसँगै कार्यकर्ताको उपस्थिति बढेको छ ।

पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने तयारी गरिरहँदा रास्वपाले उपत्यकाका पार्टी सदस्यहरुलाई केन्द्रीय कार्यालयमा आउन भनेको हो ।

रास्वपा बागमती प्रदेशका सभापति डा. अच्युत्तम लामिछानेले कार्यालयमा उपस्थित हुन आग्रह गरेका स्रोतको भनाइ छ।

सभापति रवि लामिछाने सहित केन्द्रीय नेताहरु पार्टी कार्यालय बनस्थलीमा बैठक गरिरहेका छन् ।

बनस्थलीस्थित रास्वपाको घण्टीघरमा कार्यकर्ताको चहलपहल बढेको हो भने प्रहरीको उपस्थिति पनि बाक्लिएको छ । सादा पोशाकका प्रहरी पनि कार्यालयमा परिचालन भएका छन् ।


क्लिकमान्डु